काठमाण्डु- स्थानीय तह निर्वाचनको अहिलेसम्म घोषणा भएको परिणाममा एमालेले पहिलो स्थान कायमै राखेको छ । एमालेले अहिलेसम्म ३५ गाउंपालिका प्रमुख र ३१ उपप्रमुखमा जित हासिल गरेको छ । त्यसैगरी १ सय ७१ स्थानीय तहका प्रमुख र १ सय ८५ उपप्रमुखमा अग्रता कायम राखेको छ ।
दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले ३३ प्रमुख र ३९ उपप्रमुखमा जित हासिल गरेको छ भने २६० प्रमुख र २१९ उपप्रमुखमा अग्रता कायम गरेको छ ।
तेस्रोमा माओवादी केन्द्रले आफ्नो स्थान सुरक्षित गरेको छ । माओवादीले २२ प्रमुख र १४ उपप्रमुखमा जित हासिल गरेको छ भने १०५ प्रमुख र १२६ उपप्रमुखमा अग्रता कायम गरेको छ ।




प्रतिक्रिया