लकडाउनमा भारतबाट चार अर्बको तरकारी आयात, नेपाली तरकारी भने बारीमै सडिए

लकडाउनमा भारतबाट चार अर्बको तरकारी आयात, नेपाली तरकारी भने बारीमै सडिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउन सुरु भएको चैत महिनामा मात्र भारतबाट दुई अर्ब ८१ करोड २९ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा ११ चैतदेखि लकडाउन सुरु भए पनि सीमानाका २ चैतदेखि नियन्त्रित भएका हुन् ।

चैतको तथ्यांक आधार मान्दा नेपालमा दैनिक नौ करोड ३७ लाख रुपैयाँको तरकारी आयात भइरहेको छ ।  त्यसैले लकडाउनयता २३ वैशाखसम्म ४२ दिनमा चार अर्ब १२ करोड ५५ लाख रुपैयाँको तरकारी आयात भएको मान्न सकिने भन्सारकै एक अधिकारीले बताए ।

तरकारी अत्यावश्यक वस्तु भएकाले आयात निर्वाध रूपमा भइरहेको भन्सार विभागका महानिर्देशक सुमन दाहालको भनाइ छ । नेपाली किसानले उत्पादन गरेको तरकारी भने बारीमा सुकिरहेको र सडिरहेको छ ।

सामान्य अवस्थामा देशभर दैनिक करिब १७ सय मेट्रिक टन तरकारी आयात हुने गरेको छ । त्यसमध्ये आलु, प्याज मात्र एक हजार मेट्रिक टन आयात हुन्छ । भन्सार विभागको तथ्यांकले लकडाउनपछि तरकारीको आयात सामान्य मात्र घटेको देखाउँछ । ११ चैतमा लकडाउन सुरु भएयता २० वैशाखसम्म ५३ हजार पाँच सय ६९ मेट्रिक टन तरकारी आयात भएको छ । यो हिसाबले अहिले पनि दैनिक औसत एक हजार तीन सय ४० मेट्रिक टन तरकारी आयात भइरहेको छ । ‘अहिले आयातीत तरकारीमध्ये आलु, प्याज ६ सय ५० टनजति, बाँकी गोलभेँडा, कागती, भिन्डी, परवल, करेला, खुर्सानी, काँक्रोलगायतका ताजा तरकारी आइरहेको छ,’ घिमिरेले भने । याे खबर नयाँपत्रिका दैनिकमा छ ।