काठमाडौँ – मन्त्रपिरिषदको बैठकले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म बढाउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हाे ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको हाे ।मन्त्रपिरिषदको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन यही जेठ २० गते सकिदैछ ।




प्रतिक्रिया