चीनको वुहान शहर ७६ दिनपछि लकडाउनबाट मुक्त

चीनको वुहान शहर ७६ दिनपछि लकडाउनबाट मुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चीनको वुहान शहर ७६ दिनपछि लकडाउनबाट मुक्त भएको छ । गत वर्ष डिसेम्बरमा कोरोना भाइरसको महामारी यसै शहरबाट फैलिन सुरु भएको थियो । २३ जनवरीपछि यो शहर लकडाउन थियो । चीनमा वुहानमानै कोरोनाभाइरसबाट सबैभन्दा बढी मृत्यु भएको थियो । विगत साढे २ महिनादेखि लकडाउनमा रहेको यो शहर विस्तारै–विस्तारै सामान्य बन्न थालेको छ ।

वुहानमा यातायातको सुविधा सुरु भएको छ । गत महिना चीनले वुहानबाट लकडाउन हटाउने फैसला गरेको थियो । १.१ करोड आवादी भएको यो शहर सर्वाधिक प्रभावित थियो । चीनमा कुल ८२ हजार कोरोना संक्रमितमा ५० हजार यसै शहरका थिए । कुल ३३३१ मृतकमा २५०० भन्दा बढी यसै शहरका थिए । वुहानमा डिसेम्बरमा कोरोनाभाइरसको पहिलो घटना देखिएको थियो ।

यहाँको सीफूड तथा मासु बजारमा यो भाइरस जनावरबाट मानिससम्म पुगेको थियो र यो महामारीमा परिवर्तन भएको थियो । विश्वभरीमा १३ लाख भन्दा बढी मानिस यो भाइरसबाट संक्रमित भइसकेका छन् भने मृतकको संख्या ८२ हजार नाघेको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले वुहानमा लकडाउनको घोषणा गरेको थियो । वुहान शहर खोलिएपछि यहाँ नियन्त्रणकारी उपायको खोजी जारी राखिएकाे छ । यो शहरले इतिहासको सबैभन्दा ठूलो लकडाउनको अनुभव गरेको हाे ।