लकडाउनमै कुटिन थाले जनप्रतिनिधि

लकडाउनमै कुटिन थाले जनप्रतिनिधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – घटना १ वैशाख १७ गते, कालिकोट पचालझरना गाउँपालिका-१ का वडाध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भयो। कोरोना संक्रमण रोकथामसँगै राहत वितरण तथा विकास निर्माणमा उपभोक्ता समिति गठनबारे स्थानीय युवासँग विवाद हुँदा कुटिएपछि उनी गम्भीर घाइते भएका छन्। वडापालिकाको बैठक सकेर घर फर्किने क्रममा स्थानीय युवा उमेश न्यौपानेको नेतृत्वमा आएको समूहले वडाध्यक्षमाथि कुटपिट गरेको हो। उनको टाउकोमा ठूलो चोट लागेको छ।

घटना २ वैशाख १६ गते, हुम्लाको सर्केघाट गाउँपालिकाको कार्यपालिका बैठकमै वडाध्यक्ष कर्णजंग शाहीमाथि कुटपिट भयो। गाउँपालिका-५ का वडाध्यक्ष शाहीमाथि प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले बैठकमै हातपात गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमा कर्मचारीको कार्यसम्पादनविरुद्ध स्टाटस लेखेको भन्दै प्रमुख प्रशासकीय अधिकृतले वडाध्यक्षलाई बैठक कक्षमै कुटपिट गरे। तर, वडाध्यक्ष शाहीले लकडाउनमा उद्धार, राहत, जनप्रतिनिधिको बैठक तथा भम्रण भत्तालगायत खर्च विवरण माग्दा आफूमाथि सार्वजनिक स्थलमै कुटपिट भएको बताए। कुटपिटमा उनलाई पनि टाउको र शरीरमा चोट चालेको छ।

घटना ३ वैशाख ९ गते, जाजरकोट जुनिचाँदे गाउँपालिका-२ मजकोटका वडाध्यक्ष रामबहादुर नेपाली राजनीतिक प्रतिशोधका कारण आफ्नै कार्यकक्षमा कुटिएको घटना सेलाउन नपाउँदै गत साता फेरि जाजरकोट भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि कुटपिट भयो। स्थायो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।