एजेन्सी- प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार मनकी बातमा देशको जनतासँग माफी मागेका छन् । उनले गम्भीरता जताउदै जनताले भोगेको समस्याका लागि देशभरका जनतासँग माफी मागेका हुन् । उनले विश्वको अवस्था देखेपछि जनताको परिवारलाई यो महामारीबाट सुरक्षित गर्नका लागि लकडाउनको घोषणा गर्नुपरेको बताएका छन् ।
लकडाउनको समयमा आफूले के गरिरहेको छु भन्ने भीडियो आफ्नो सोशल मीडिया एकाउन्टमा हाल्न गइरहेको उनले बताए । स्रोताले लकडाउनको समयमा के गरिरहनु भएको छ र नवरात्रीमा आफ्नो फिटनेसको कसरी हेरचाह गरिरहनु भएको छ भनि सोधेका थिए । यसको जवाफमा उनले यो शक्ति र भक्तिको मामिला भएको बताए ।
उनले आफ्नो योगाभ्यासको केही भीडियो सोशल मीडियामा राख्न लागेको बताए । यसले आम मानिसमा केही फाइदा हुन सक्छ । आफू स्वास्थ्य विज्ञ नभएको र आफू अभ्यासकर्ता भएको उनले बताए । उनले मन की बात कार्यक्रमको माध्यमबाट देश र जनतालाई लकडाउनको नियमको पालना गर्नका लागि अपील गरेका छन् ।जनतालाई घरबाट बाहिर नकिक्लनका लागि उनले आह्वान गरेका छन् । उनले भने,“लकडाउनको समयमा सामाजिक दूरी बढाउनु, तर भावनात्मक दूरी घटाउनु ।”
देशका जनतासँग मागे माफी
मनकी बात कार्यक्रमको माध्यमबाट उनले देशवासिलाई भएको असुविधा, कठिनाईका लागि माफी मागेका छन् । उनले भने,“म तपाईहरुको समस्या बुझ्छु । तर भारतले यो भाइरससँग जीत हासिल गर्न यो कदम उठाउन जरुरी छ ।” प्रधानमन्त्रीले केही डाक्टरहरुसँग कुराकानी पनि गरे र उनीहरुको प्रशंशा गरेका छन् । उनले स्वास्थ्य कर्मचारिलाई रियल लाइफ हीरो भएको बताए । कोरोनाभाइरस बिरुद्धको युद्ध अभूतपूर्व र चुनौतीपूर्ण भएको उनले बताए ।




प्रतिक्रिया