-रमेश लम्साल,काठमाडाैं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अधिकांश जसो नेता तथा कार्यकर्ता लकडाउनका कारण परिचालित नभएको अवस्थामा एक जना यस्ता नेता छन्, जो जनतासँग जोडिएर श्रम सहकारीमार्फत काम गरिरहेका छन् । कोरोनाको सङ्क्रमण फैलने त्रासका बीचमा अधिकांश राजनीतिक नेतृत्व चुपचाप ‘होम क्वारेन्टाइन’मा बसीरहेको बेला रुकुमबका यी सांसद यतिबेला स्थानीय तहहरुमा पुगेर श्रम अभियान चलाइरहेका छन् ।
देशभित्रै केही गर्न सकिन्छ र सङ्कटमा समेत आम जनताको पक्षमा काम गर्न सकिन्छ भन्ने तथ्य स्थापित गरिरहेका छन् । धेरैले खरो र आफूलाई मनमा लागेको कुरा स्प्रष्ट बताउने नेताको छवि भएका नेकपा स्थायी समिति सदस्य जनार्दन शर्मा यतिबेला पश्चिम रुकुमको बस्तीबस्तीमा आइसोलेशन कक्ष बनाउन लागिपरेका छन् ।
नेता शर्माको नाम लिने बित्तिकै धेरैले उज्यालो नेपालको अभियन्ताका रुपमा चिन्छन् । विद्युत् भार कटौतीले जर्जर बनाएको नेपाललाई उज्यालोको यात्रामा लैजाने जश इतिहासले शर्मालाई दिएको छ । कहिल्यै चुप लागेर नबस्ने, सधै जनतामा सर्मपित हुने र जनतासँग जोडिने उनको विशेष स्वभाव छ । कार्यकर्ता परिचालनमा त उनी जनयुद्धमै पाराङ्गत हुनुहुन्थ्यो । प्रभाकरका नाममा उनले धेरै इतिहास स्थापित गरिसकेका थिए । त्यसो त तत्कालिन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको जिम्मेवारी सम्हाल्दा होस् या गृहमन्त्री हुँदा होस् उनी आफ्नो जिम्मेवारीमा खरो उत्रनु भएको थियो । आजकल जनताको नेतृत्वमा स्थानीय कार्यकर्ता परिचालन गरेर उहाँले पश्चिम रुकुममा गरिरहेको काम आम नेपालीका लागि समेत उदाहरण बन्न सक्छ ।
उनी जनतासँग जोडिन लाज मान्नु हुन्न । दिएको जिम्मेवारी सधै फत्ते गर्ने स्वभावको हुनुहुन्छ । जनताको विश्वास सधैँ जित्नु भएको छ । जनतासँग रमाउने खुवीका कारण पनि उनी लकडाउनको समयमा मर्कामा परेका धेरै रुकुमेलीको उद्धार गरेर आ–आफ्ना घरसमेत पु¥याइदिनुभएको छ । रासससँग कुराकानी गरिरहँदा समेत उहाँलाई उद्धार गरिदिनुप¥यो, “हामी त समस्यामा प¥यांै भनेर फोन आइरहेको थियो ।” धेरै जसो राजनीतिक नेतृत्व जनताबाट कटीरहेको बेला शर्माले देखाएको महानता नेकपाका अन्य नेताले पनि अनुशरण गर्नुपर्ने देखिन्छ । शर्मा भन्छन्, “सामान्य समयमा त नागरिकले आफै दुःख जिलो गरिहाल्छन्, समस्या परेका बेला हामीले उहाँहरुलाई आँट भरोसा दिने हो ।”
लकडाउन भनेर चुप लागेर बस्नु भएको छैन उनी । विगत दुई वर्षदेखि नेता शर्माले आफ्नो जिल्लामा विकास निर्माणको काम गर्न श्रम सहकारी बनाएका छन् । त्यसलाई प्रत्यक्ष रुपमा नेतृत्व गर्नुभएको छ । त्यसको संयोजन स्थानीय सरकारले गर्छ । उपभोक्ता समितिबाट काम गर्दा चौतर्फी विवाद आएको र चरम भ्रष्टाचार भएको पाइएपछि राजनीतिक नेतृत्व, स्थानीय जनता सबै मिलेर समूहमा काम गर्ने उनको प्रयासले सार्थकता पाउँदै गएको छ । सबै निकायमा श्रम सहकारीमार्फत काम गर्नुपर्छ भन्ने अवधारणामा १०\१० कोठाको आइसोलेशन भवन बनीरहेको छ । चौरजहारीको आइसोलेशन भवन निर्माण सकिएको छ । आगामी सोमबारदेखि सञ्चालनमा ल्याउने तयारी छ ।
नेता शर्मा भन्छन्, “हामी पनि सक्छौं र सक्नुपर्छ ।” कोरोना महामारीको नियन्त्रणको लागि चौरजहारी नगरपालिकामा सबै सुविधा सहितको ‘प्रिफ्याब’ आइसोलेसन भवन १० दिनमा निर्माण सकिएको छ । उनको स्पष्ट दृष्टिकोण छ, “जनता नै शक्तिका श्रोत हुन् । सबै कुरा जनताबाट सिकौं ।” कोरोना महामारी रोक्न जिल्लामा भौतिक पूर्वाधार थिएन । विशेष गरी नयाँ पालिकाका सुविधा थिएन । त्यसैलाई परिपूर्ति गर्न श्रम सहकारीले काम गरिरहेको उनले जानकारी दिए ।
नेता शर्माको पहलमा नै रुकुमको चौरजहारी, मुसीकोट र आठबिसकोटमा १०÷१० बेडको ‘अट्याच बाथरुम’ सहितको भवन बनीरहेको छ । त्यो मध्ये चौरजहारीको काम सकिएको हो । अन्य दुई स्थानको काम पनि एक सातामा सकिन्छ । द्रुत गतिमा ढलान गरेर नै काम भएको छ । मुसीकोट र चौरजारीमा ‘प्रिफ्याब’को भवन बन्दैछ । उहाँले भन्नुभयो, “मुख्य कुरा योजना भिजन चाहियो, नेतृत्व र जनताबीचको समुधुर सम्बन्ध पनि हुनुप¥यो । सोही परिणाम स्वरुप काम भइरहेको छ ।”
पछिल्लो कामले जनतामा समेत एक प्रकारको विश्वास पैदा भएको छ । विचार र संगठनमा रहेका जनतालाई परिचालन गर्दा कसरी सजिलै यस्ता काम गर्न सकिन्छ भन्ने आफ्नो बुझाई साकार भएको नेता शर्मा सगौरव बताउनुहुन्छ । उनलाई यस्तो सोंच अहिले पलाएको होइन । ‘गोरखा भूकम्प’ को समयमा नै पलाएको हो । तर, नेता शर्माको साेंचलाई त न सरकारले, न त पार्टीले नै सुन्यो । उनले पाँच लाख स्वयम् सेवक परिचालन गरेर पुनः निर्माण गरौं भनेर संसद्को रोष्ट्रममा उभिएर होस् वा पार्टीका बैठकमा समेत आफ्नो भनाइ दर्ज गर्नुभएको थियो । “जनपरिचालनद्धारा एक वर्षमा सबै पुनःनिर्माण सकौं । पाँच लाख स्वयमसेवक तयार पाराैं र लागाैं भनेका थिए । पार्टीले पनि त्यसमा सहयोग गरोस् भनेको थिए”, उनले ती दिन स्मरण गर्दै भने , “मैले संसद्बाट भनेको थिए, मेरो कुरा सुनिदिने कोही भएन, दुई वटा बजेट त्यसमा समेत ती विषय अटाएन ।”
नयाँ संविधानपछि भएको निर्वाचनमा नेकपाले दुई तिहाई जनमत ल्यायो । दुई वटा बजेट पनि बने । आफूले दिएको सुझाव कहीँ कतै पनि नसमेटिएकोमा गुनासो गर्नुहुन्छ नेता शर्मा । “विकास निर्माण पूरानो तरिकाले हुँदैन, नयाँ तरिकाबाट जनपरिचालनमार्फत गर्नुपर्छ भन्ने मेरो सोंच जीवित छ, सोही अनुसार काम गरिरहेको छु”, उनले भने, “जनपरिचालन नै विकास निर्माणका लागि आवश्यक छ । विशेष गरी युवा परिचालनबाट नै गर्नुपर्छ ।”
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताका एक सूत्रधार नेता शर्माले पार्टी एकताको सन्दर्भमा पनि हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जनपरिचालनबाट विकास निर्माण गर्न सकिने विषयमा लामो समय कुराकानी गरेको स्मरण गर्नुहुन्छ । “मेरो लामो कुराकनी भएको थियो, युवाको परिचालन र जनपरिचालनबाटै विकास निर्माण गर्नुपर्छ भन्ने कुरा भएको थियो । कामलाई तिव्रता दिन सकिन्छ भन्नेमा उनी (प्रधानमन्त्री ओली) पनि सकारात्मक हुनुहुन्थ्यो, तर सरकारको नीति तथा कार्यक्रमममा त्यो कुरा सम्बोधन गरिएन”, उनले भने, “राष्ट्रिय रुपमा आफूले भने अनुसार काम नभएपनि जिल्लामा त्यसलाई निरन्तरता दिएको छु ।”
निर्माण भएका आइसोलेशन भवनका लागि अत्यावश्यक सामान लिन काठमाडौँ आएको मौकामा राससले उनीसँग सम्वाद गरेका हुन् । “अहिले सामानको जोहो गर्न आएको छु । उतै जान्छु र जनतासँग नै जोडिएर काम काम गर्छु”, नेता शर्माले भने, “जनताले चाह्यो र त्यसलाई स्पष्ट दृष्टिकोणसहित नेतृत्व गर्न सकियो भने जस्तो सुकै काम पनि गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको छ ।” स्थानीय आठबिसकोट र मुसीकोटमा काम शुरु भएको छ । एक हप्तामा त्यहाँ पनि आइसोलेशन कक्ष तयार हुन्छ । जनपरिचालनबाटै ४० बेडको आइसोलेशन कक्ष तयार भइरहेको छ । लकडाउनको समयमा निर्माण सामग्रीको जोहो कसरी गर्नुभयो त भन्ने हाम्रो प्रश्नमा नेता शर्माले भन्नुभयो, “इँटा हामीले दाङबट लगेका छौं । अन्य सामग्री पास उपलब्ध गराएर लगिएको छ । सिमेन्ट तथा ‘प्रिफ्याब’ पनि त्यसैगरी लगिएको छ ।”
देशभर रहेका रुकुमका जनताले आफूलाई उद्धारका लागि अनुरोध गरेको जानकारी दिँदै उनले हालसम्म ९० समूह आ आफ्नो घर पुगीसकेको जानकारी दिनुभयो । अझै ६० समूह मेरो सम्पर्कमा आएका छन्, उनीहरुलाई पनि प्रक्रिया मिलाएर लान सकिन्छ कि भनेर लागेको उहाँले जानकारी दिए । लकडाउनका कारण भोकभोकै बस्न परेका र लामो यात्रा गरिरहेका नागरिकलाई सहजरुपमा व्यवस्थापन गर्नेतर्फ आफूले प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि पटकपटक सम्वाद गरेको उनको भनाइ छ ।
केही दिन पहिले दुई दिन घर जाने दिने भनेर आएको हल्लाका कारण पनि केही नागरिक थप समस्यामा परेको उनलाई लागेको छ । “निर्णय भएको भए हो भनिदिनु पर्दथ्यो, नभएको भए कनि हल्ला गर्नु पर्दथ्यो ? निर्णयमा अस्पष्टता हुँदा केही नागरिकले थप समस्या भोग्नु प¥यो”, उनले भने । उनले देशभरकै ७५३ पालिकामा एकाध दिनमा नै श्रम परिचालन गरेर आइसोलेशन कक्ष बनाउन सकिने उनको विश्वास छ ।
त्यसो गरिए सात हजार ५०० आइसोलेशन कक्ष तत्कालै तयार हुन्छ । उहाँले अस्पताल सडक भवन, जलविद्युत् आयोजना र कृषि क्षेत्रमा समेत जनपरिचालनमार्फत नै काम गर्न सकिने उल्लेख गरे । जनतालाई परिचालन गर्दा विकास बजेट खर्च भएन भन्नुपर्ने अवस्थासमेत नरहने उनको विश्वास छ । आयोजनाको म्याद थप्दै जाने र निर्माण व्यवसायी मोटाउँदै जाने, विकास निर्माण सुस्त नहुने उनको विश्वास छ । श्रम सहकारी तथा जनपरिचलनबाट तोकिएको समयभन्दा कममा आयोजनाको काम सकिने र समग्र राष्ट्र निर्माणको कामले समेत गति लिने उनको दृढ विश्वास छ ।
सरकारले चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा ग¥यो । त्यसको प्रत्यक्ष प्रभाव दैनिक ज्यालादारी गर्नेहरु बढी परेको छ । उनीहरुलाई गन्तव्यमा पु¥याउन उपलब्ध गराएको सहयोगले धेरैले उहाँलाई सम्मान गरेका छन् । कर्णालीका सुर्खेत, जुम्ला र रुकुमको चौरजहारीमा उद्योगी व्यवसायीको सहयोगबाट उहाँले मेडिकल सामग्री पु¥याउनुभयो । उनले त्यत्ति मात्रै गर्नुभए न कर्णाली प्रदेशको प्रमुख नेतृत्वको हैसियतले श्रव्य दृश्य बैठक समेत गरेर राहत तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउनसमेत नेतृत्वदायी भूमिका खेल्नु भएको छ ।
ऊर्जा मन्त्रालयको जिम्मेवारीमा रहँदा ‘प्रभावकर’ले पार्टी भित्र मात्रै नभई आम जनतामा गहिरो प्रभाव पार्नु भएको थियो । एक क्षमतावान नेताका रुपमा स्थापित भएका थिए । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउन र योजना बनाएर कार्यान्वयनमा लगाउन उहाँले दिएको निर्देशनको परिणाम आज प्राधिकरण सबल र सक्षम संस्थाका रुपमा स्थापित भएको छ । त्यसो त तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गराउन उनले खेलेको भूमिका पनि नेकपाका नेता तथा कार्यकर्ता माझ स्थापित छ ।




प्रतिक्रिया