बन्दाबन्दीमा यात्रु ओसार्ने चालकविरुद्ध मुद्दा दर्ता

बन्दाबन्दीमा यात्रु ओसार्ने चालकविरुद्ध मुद्दा दर्ता

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी – बन्दाबन्दीको समयमा यात्रु बोक्ने दुई चालक विरुद्ध मुद्दा दर्ता गरिएको छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा गरिएको बन्दाबन्दीको अवज्ञा गरी यात्रु बोकेको भन्दै यहाँस्थित प्रहरीले दुईवटा जीप तथा चालकलाई नियन्त्रणमा लिई कानूनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार यात्रु बोकेर अछामबाट कैलालीतर्फ जाँदै गरेका से१ज १०४७ र बा१३च ३३७१ नंको जीप र चालकलाई दिपायलबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका ती जीप तथा चालकलाई सङ्क्रामक रोग ऐन बमोजिम मुद्दा दर्ता गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालयका मुद्दाफाँटका प्रमुख तथा प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए । बन्दाबन्दीको समयमा यात्रु बोकेको आरोपमा मुद्दा दर्ता भएको जिल्लामा पहिलोपटक हो ।