लकडाउनको आज ३४ औं दिन सडक सुनसान (फोटोफिचर)

लकडाउनको आज ३४ औं दिन सडक सुनसान (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाईरस (कोभिड-१९) को महामारीका कारण विश्व नै त्रसित छ । बिश्वका थुप्रै देशहरुमा यसको संक्रमणको भयानक अवस्था देखिएको छ । यस्तैमा नेपालमा पनि आज लकडाउनको ३४ औँ दिन पुगेको छ । गत चैत ११ गतेबाट देशभर लकडाउन लागू गरिएको हो ।

यसबीचमा नेपालमा ५२ जनालाई कोरोना संक्रमण पुष्टि भईसकेको छ भने संक्रमित मध्येका १६ जना कोरोनालाई पराजित गरेर घर फर्किसकेका छन् ।

लकडाउनका कारण सहरी क्षेत्रको दैनिक जनजीवन सबैभन्दा बढी प्रभावित भएको छ । तर, पनि काठमाडौं उपत्यकालगायतका ठूला सहरहरूमा मानिसले लकडाउनको पालना गरेका छन् । सहरका मुख्य सडकहरू सुनसान छन् ।सरकारले वैशाख २५ गतेसम्म लकडाउनको समयावधि तोकेको छ ।