लकडाउन एक हप्ता बढाउन उच्चस्तरीय समितिको निष्कर्ष

लकडाउन एक हप्ता बढाउन उच्चस्तरीय समितिको निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – कोरोना भाइरस (काेभिड -१९)रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदम सकारात्मक भएको भन्दै उच्चस्तरीय समन्वय समितिले लकडाउन एक साता लम्ब्याउन सुझाव दिएको छ।

शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले लकडाउन लगायत बिषयमा सरकारलाई सुझाव दिन मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्मा बिभिन्न मन्त्रालयका सचिव र सुरक्षाअधिकारी सम्मिलित कार्यदल गठन गरेको थियो ।

’लकडाउन विथ कम्फर्टेवल लाइफ’का लागि के गर्न सकिन्छ भनेर सुझाव ल्याउन समेत मन्त्रालयका सचिवहरूलाई समितिले भनेको थियो। सोही कार्यदलले सरोकारवाला सवैसँगको छलफल पछि आगामी बैशाख ३१ गतेसम्म लकडाउनको समय लम्ब्याउन सिफारिस गरेको उच्चस्तरीय समिति स्रोतले बतायो ।

कार्यदलको सुझावका आधारमा भोली बस्ने मन्त्रिपरिषद्ले लकडाउनको समयबारे निर्णय गर्नेछ ।  कार्यदलले समितिलाई नेपाल कोरोना संक्रमणको जोखिमबाट मुक्त नभइसकेको र विभिन्न स्थान संक्रमण देखिने क्रम जारी रहेकाले लकडाउन एक हप्ता लम्ब्याउन सिफारिस गरेको हो।