गृहले भन्योः १४ जिल्लामा लकडाउन

गृहले भन्योः १४ जिल्लामा लकडाउन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्रालयले कोरोना भाइरसको संक्रमण रोक्न १४ वटा जिल्लामा लकडाउन गरिएको जनाएको छ । १४ वटा जिल्लामा आशिंक वा पूर्ण लकडाउन गरिएको गृहले जनाएको छ ।

सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । पर्सा, बारा र सर्लाहीमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा रहनेछ भने सप्तरीमा साउन २६ गतेसम्म, बाँकेमा २४ र स्याङ्जामा २३ गतेसम्म निषेधाज्ञा गरिएको छ ।

त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्रमा २५ गतेसम्म निषेधाज्ञा गरिएको छ ।

नुवाकोटको पूर्वमा बोहोरेभन्ज्याङ, पश्चिममा नयाँ चौतारा, उत्तरमा बागेश्वरी भन्ज्याङ र दक्षिणमा पोखरी डाँडा हिलेटोलसम्म निषेधाज्ञा गरिएको छ ।

मोरङको बिराटनगर महानगरपालिकामा ३० गतेसम्मका लागि, महोत्तरीको सदरमुकाम आसपास (जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका) क्षेत्रमा आज साँझसम्म निषेधाज्ञा छ ।

झापाको बिर्तामोड नगरपालिकामा अर्को आदेश नभएसम्मका लागि र अर्जुनधारा नगरपालिकामा भोलिसम्मका लागि निषेधाज्ञा गरिएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ६, ७ र ८ मा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा गरिएको छ। बझाङको थलारा गाउँपालिका वडा नं. ५, र केदारस्युँ गाउँपालिका वडा नं. ६, ७ मा ३२ गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ ।

दार्चुलाको मार्मा गाउँपालिकामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा गरिएको छ ।