काठमाण्डु – उपत्यकामा निषेधाज्ञा लगाउने जिम्मा केन्द्र सरकारलाई दिइएको छ ।
सोमबार बसेको काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लगाउने जिम्मा सरकारलाई नै दिएको हो ।
काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले वैशाख २२ गतेसम्म निषेधाज्ञा लगाउने प्रस्ताव मन्त्रिपरिषद्लाई गरिएको जानकारी दिए । उनले मन्त्रिपरिषद बैठककाे निर्णयकाे पर्खाइमा रहेकाे जानकारी दिए ।
उनले नागरिकलाई असुविधा नपर्ने किसिमले एक दुई दिन समय दिएर, बन्दको स्थिति आयो भने फर्किने समय दिएर बन्द गराउने मानसिकतामा रहेको बताए ।
सिडिओ पराजुलीले भने, ‘लकडाउन या निषेधाज्ञा जे गरे पनि २ दिन समय दिएर गर्नुपर्छ भनेर गृहकार्य गरेका छौं । सर्वसाधारणलाई विगत जस्तै पैदलै घर जान नपरोस् भनेर हामीले सार्वजनिक बस सञ्चालन गर्ने व्यक्तिसँग छलफल गरेर व्यवस्था गर्छाैं ।’
उनकाअनुसार बन्द गर्नुपर्ने क्षेत्र र खोल्नुपर्ने क्षेत्रको सूचीसहित मन्त्रिपरिषद्लाई सिफारिस गरिएको हो । मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे बालुवाटारमा बस्दैछ । आजको बैठकले निषेधाज्ञा लगाउने विषयमा निर्णय गर्नेछ ।




प्रतिक्रिया