काठमाण्डु उपत्यकामा निषेधाज्ञाको मोडालिटी परिवर्तन, के–के सञ्चालन हुन्छ ?

काठमाण्डु उपत्यकामा निषेधाज्ञाको मोडालिटी परिवर्तन, के–के सञ्चालन हुन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकाको निषेधाज्ञा खुकुलो पारिने भएको छ ।

मंगलबार काठमाण्डु , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय भएको हो ।

आजको बैठकमा निर्णय भएपनि बुधबार मात्रै सार्वजनिक हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनकाअनुसार १० दिन निषेधाज्ञा थप्ने सहमति भएकोा छ ।

विगत एक महिनादेखी जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दै खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान १० बजेसम्म खोल्न दिने निर्णय भएको छ ।

त्यस्तै उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने, बिहान १० बजेसम्म वर्कशप सञ्चालन गर्न पाइने भएको छ ।