अझै लकडाउने बढ्ने सरकारको संकेत

अझै लकडाउने बढ्ने सरकारको संकेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले अझै लकडाउन बढ्ने संकेत गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै लकडाउन लम्बिने संकेत गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको संक्रमण फैलिने दर हेर्दा लकडाउनलाई निरन्तरता नै दिनुपर्ने देखिएको बताए ।

‘लकडाउन खुल्ने नखुल्ने भन्ने विषय धेरै कुरामा निर्भर हुन्छ,’ डा. देवकोटाले भने, ‘तीमध्ये एउटा प्रमुख कुरा संक्रमितको संख्या हो, त्यो हेर्दा लकडाउनलाई अझै निरन्तरता नै दिनुपर्ने देखिन्छ ।’

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने १६ जना निको भए घर गइसकेका छन् । सरकारले वैशाख २५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले थप १० दिन लकडाउन थप्ने निर्णय गरेको हो ।