बन्दाबन्दीमा विद्यार्थी भर्ना नलिन निर्देशन

बन्दाबन्दीमा विद्यार्थी भर्ना नलिन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण बन्द रहेका सामुदायिक तथा निजी विद्यालयलाई वैशाख २५ सम्म जारी बन्दाबन्दी (लकडाउन) अघि अनलाइनबाट विद्यार्थी भर्ना नलिन निर्देशन दिइएको छ ।

बन्दाबन्दीको अवस्थासम्म हेर्न सरकार तथा निजी विद्यालयका संस्थाहरूले विद्यालयलाई आह्वान गरेका छन् । कतिपय निजी क्षेत्रका विद्यालयले अनुमतिबेगर अनलाइनबाट भर्ना लिन थालेको र वैशाख महिनाको समेत शुल्क लिन थालेको गुनासो बढेपछि सरकार तथा निजी विद्यालयका संस्थाहरूले पनि अहिले अनलाइन भर्ना नलिन निर्देश दिएका हुन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीका पुरीले कसैलाई पनि अनलाइनमा विद्यार्थी भर्ना लिन नभनिएको बताउनुभयो । देशभरका प्याब्सन मातहतका विद्यालयले भर्ना नलिने उहाँको भनाइ छ ।

अनलाइनबाट विद्यार्थी भर्ना लिने कुरा सम्भव तथा व्यावहारिक छैन । बन्दाबन्दीको विषयमा सरकारबाट जारी निर्देशन उल्लङ्घन गर्ने कुरा पनि भएन”, प्याब्सन अध्यक्ष पुरीको भनाइ छ । बन्दाबन्दीको विषयमा सरकारले वैशाख २६ पछि लिने निर्णय हेरेर अघि बढ्ने उहाँको भनाइ छ । सरकारबाट बन्दाबन्दी आंशिक रूपमा मात्रै खुलाउने, सामाजिक दूरी कायम गर्ने हिसाबले अभिभावक विद्यालयसम्म आउने वातावरण नबनेसम्म विद्यार्थी भर्ना लिन नहुने प्याब्सनले जनाएको छ ।यो समाचार आजको गोरखापत्र  दैनिकमा छ ।