काठमाडौं – सरकारले वैशाख २५ गतेपछि लकडाउन केही खुकुलो पार्ने संकेत गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सम्भावित जोखिमलाई मध्यनजर गर्दै लकडाउन केही खुकुलो पार्ने जानकारी दिए ।
शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुनेगरी लकडाउन खुकुलो हुने संकेत गरे ।
उनले सबै क्षेत्रबाट सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझावहरु आइरहेकाले सरकारले पनि यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको बताए ।
‘लकडाउन विगतको भन्दा नयाँ ढंगले जानुपर्छ । अब सहजीकरण गर्दै जानुपर्छ । कृषि, उद्योगधन्दाहरु अरु विभिन्न खालका विषयमा अतिरिक्त महत्वपूर्ण कुराहरुका विषयमा विचार पुर्याउनुपर्छ । कोरोना कोरोना भनेकै कारण दीर्घरोगी अस्पतालको सेवाबाट वञ्चित हुने, लकडाउनका कारण घरमा बिरामी भएन भने अस्पतालसम्म पुर्याउन नसकिने अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्सलाई एकीकृत बनाएर कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा गृहकार्य भइरहेको छ,’ उनले भने ।




प्रतिक्रिया