वैशाख ३ पछि लकडाउन ७ देखी १० दिने लम्बिने, मन्त्रिपरिषदको बैठक बस्दै

वैशाख ३ पछि लकडाउन ७ देखी १० दिने लम्बिने, मन्त्रिपरिषदको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले लकडाउन थप्ने तयारी गरेको छ ।  कोरोना भाइरस रोकथामका लागि सरकारले वैशाख ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । मंगलवार वस्ने मन्त्रिपरिषदको बैठकले लकडाउन वैशाख ३ गतेपछि ७ देखी १० दिन थप्ने निर्णय गर्ने एक मन्त्रीले बताए ।

काठमाडौंमै सोमबार एकै परिवारमा तीन जनामा संक्रमण देखिएपछि सरकार थप केही दिन लकडाउन थप्ने निर्णयमा पुग्न लागेको हो ।‘लकडाउन अझै कडा गर्नुपर्ने अवस्था आएको छ, मंगलवार कम्तिमा एक हप्तादेखी १० दिनसम्म लकडाउन थप्ने निर्णय हुन्छ । ’ सरकारका एक मन्त्रीले काठमाडौंपाटीसंग भने । मन्त्रिपरिषदको बैठक मंगलबार ११ बजेका लागी बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा वैशाख दोश्रो सातासम्म लकडाउन हुन सक्ने संकेत दिएका थिए। सातै प्रदेशका मुख्यमन्त्रीहरुले समेत शनिबार लकडाउन अझै कडा पारी समय बढाउनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए।

भारतमा पनि तीन साताका लागि गरिएको लकडाउन अवधि मंगलबार सकिंदैछ। भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लकडाउन अवधि थप्ने तयारी गरेको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या बढिरहेको बेला सिमा क्षेत्रमा कडाई गर्ने तयारी सरकारले गरेको छ । गृहमन्त्री रामबहादुर थापाले पहाड र हिमाली क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुलाई सिमा क्षेत्रमा खटाउन निर्देशन दिइसकेका छन् ।