काठमाडौं – कोरोना भाइरस संक्रमित बढ्न थालेपछि सरकारले थप कडाई गर्न थालेको छ । आइतबार मात्र १६ जना संक्रमित भेटिएपछि लकडाउनलाई थप कडाइ गरिएको हो ।
सुरक्षाकर्मीहरुले आज बिहानैबाट अत्यावश्यक कामका लागि भन्दै बाहिर निस्किएकाहरुलाई घर फिर्ता पठाइरहेको छ ।
प्रहरीले एक पालिकाबाट अर्को पालिकामा जानसमेत कडाई गरेको छ । त्यस्तै जिल्ला–जिल्लाबीच पनि कडाई पारिएको नेपाल प्रहरीले जनाएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनका कारण कोरोना संक्रमितको सख्ंया तुलनात्मक रुपमा घटेको निष्कर्ष निकालेपछि लकडाउनलाई थप कडा पारिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादललाई लकडाउनमा कडाई गर्न निर्देशन दिएपछि सुरक्षाकर्मीले थप सतर्कता बढाएका हुन् ।
त्यस्तै राजधानी बाहिर कोरोनाको जोखिम बढ्न थालेपछि काठमाडौं उपत्यका भित्रिनेको संख्या बढ्न थालेको छ । काठमाडौं उपत्यकाका नाकाहरुबाट बाहिरी जिल्लाबाट मानिसहरुको आवातजावत बढ्न थालेपछि प्रहरीले कडाई गरेको छ ।
नाकामा खटिएका सुरक्षाकर्मीलाई अत्यावश्यक सवारीलाई मात्र छिर्न दिने निर्देशन दिइएको छ । प्रहरीले सिडिओले पास दिएका सवारी साधनहरुलाई पनि कडाई गरेको छ । अवस्था हेरेर मात्र छिर्न दिने निर्णय प्रहरीले गरिरहेको छ ।




प्रतिक्रिया