काठमाडौं – सरकारले लकडाउनको समय थप्ने तयारी गरेको छ । चैत ११ गतेदेखि लगाएको लकडाउनेका समया एक हप्ता थप्ने सरकारको तयारी छ ।
कैलालीमा एकैपटक तीन जनामा कोरोनाको संक्रमण देखिएपछि सरकारले थप कडाई गर्ने भएको हो । आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको समय बढाउने निर्णय गर्ने स्रोतले बतायो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेको लागि बोलाइएको छ । बैठकले लकडाउन र कोरोना भाइरसको संक्रमण रोकथामका कदमबारे निर्णय गर्ने बुझिएको छ ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमित र मृतकहरुको संख्या बढिरहेकाले सरकारले थप सजकता देखाउँदै आइरहेको छ ।




प्रतिक्रिया