इटहरी उपमहानगर पाँच र सुन्दरहरैचा नगरपालिका ९ दिन लकडाउन

इटहरी उपमहानगर पाँच र सुन्दरहरैचा नगरपालिका ९ दिन लकडाउन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्मचारीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि इटहरी उपमहानगरपालिका पाँच दिन लकडाउन गर्ने निर्णय भएको छ ।

मंगलबार बसेको नगरस्तरीय सिसिएसमीको बैठकले इटहरी बजार क्षेत्रमा ५ दिन कडा लकडाउन गर्ने निर्णय भएको हो । मेयर द्वारिकलाल चौधरीले लकडाउन लगाइए पनि अतिआवश्यकीय बस्तु बिक्री गर्न पाइने जानकारी दिए ।

त्यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका पनि ९ दिन लकडाउन गर्ने निर्णय भएको छ । मंगलबार कार्यपालिकाको बैठकले साउन ३० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

२२ गते बिहीबारदेखि लागू हुने गरी होटल, ब्युटीपार्लर, सैलुन, फुटसल, जिमखाना, हटिया, बजार, सार्वजनिक यातायात बन्द हुने भएका हुन् ।