लकडाउनले अफिस जान नसकेका कर्मचारीको तलब नकाटिने

लकडाउनले अफिस जान नसकेका कर्मचारीको तलब नकाटिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका कारण कार्यालय जान नपाएका सरकारी कर्मचारीहरुलाई उनीहरुको नियमित तलब नकाटिने गरी सरकारले सार्वजनिक बिदा दिएको छ ।

गृहमन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै चैत ९ गतेदेखि कार्यालय जान नसकेका सरकारी कर्मचारीहरुको अवधि सार्वजनिक बिदाको रुपमा गणना हुने जनाएको छ ।

यससँगै उनीहरुले नियमित रुपमा खाइपाइ आएको भत्ता समेत यथावत रहने बताइएको छ । यसबीचमा स्वास्थ्य मन्त्रालयका सहित केही उच्चपदस्थ कर्मचारी नियमित काममै खटिएका छन् ।