काठमाण्डु उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो, के–के खोल्न पाइन्छ ?


काठमाण्डु – काठमाण्डु उपत्यकामा एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिएको छ । पहिले खाद्यान्न पसल मात्र खोल्न दिने निर्णय परिवर्तन गर्दै एक हप्ता निधोषज्ञा थपिएको छ ।

खाद्यान्न, पुस्तक पसल बिहान ११ बजेसम्म खुला गर्ने निर्णय भएको छ । साथै हार्डवेयर पसल ४ बजेपछि खुला गर्ने, कृषि कार्य सञ्चालन गर्न सहजीकरण गर्न दिने निर्णय भएको हो ।

अनलाइन डेलिभरी बिहान सात बजेदेखि सञ्चालन गर्न दिने, होटल बन्द गर्ने तर, होम डेलिभरी गर्न दिने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले काठमाण्डुपाटीलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement