उपत्यकामा थप एक साता निषेधाज्ञा जारी गरिने, तीन जिल्लाको बैठक बस्दै

उपत्यकामा थप एक साता निषेधाज्ञा जारी गरिने, तीन जिल्लाको बैठक बस्दै


काठमाण्डु – काठमाण्डु उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।

निषेधाज्ञालाई केही खुकुलो पारी थप एक सातादेखि दस दिन सम्म थप्ने तयारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले काठमाण्डुपाटीलाई जानकारी दिए ।

यो अनौपचारिक छलफल भएकाले मोडालिटीका बारेमा थप निर्णय लिन आज तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने उनले बताए ।

कोरोना संक्रमणदरमा केही कमी आएकाले जनजीवनलाई सहज बनाउने गरी निषेधाज्ञा थप्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।