निषेधाज्ञा उल्लंघन गर्दै ‘डेटिङ’ जाने आयोजना प्रमुखलाई कारबाही गर्न गृहको निर्देशन

निषेधाज्ञा उल्लंघन गर्दै ‘डेटिङ’ जाने आयोजना प्रमुखलाई कारबाही गर्न गृहको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयले निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ जाने सहरी विकास विभाग अन्तर्गतको नयाँ सहर आयोजना प्रमुखलाई कारबाही गर्न निर्देशन दिएको छ ।

निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’मा जाने आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारबाही गर्न मन्त्रालयले निषेधाज्ञा जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाण्डुलाई निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले गृहबाट आयोजना प्रमुख श्रेष्ठलाई कारबाहीका लागि पत्र प्राप्त भएको बताए । ‘गृहबाट कारबहीका लागि पत्र आएको छ, पहिला सम्बन्धित कार्यालयबाट जवाफ माग गर्दै आज पत्र पठाउँछौँ, त्यसपछि कारबाही प्रक्रिया अगाडी बढ्छ’,उनले भने ।

आइतबार बिहान सहरी विकास विभाग अन्तर्गतको नयाँ सहर आयोजना प्रमुख रोशन श्रेष्ठ प्रदेश नं. ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा युवती बोकेर स्वयम्भू पुगेका थिए ।

स्वयम्भू डाँडामा अश्वभाविक गतिविधिमा लिप्त फोटो र भिडियो केही समाचारलगायत सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ । विभाग स्रोतका अनुसार ती युवती कार्यालयकै करारमा कार्यरत इन्जिनियर हुन् ।