निषेधाज्ञामा सडकमा निस्किनुपर्ने रहर कि बाध्यता ?

निषेधाज्ञामा सडकमा निस्किनुपर्ने रहर कि बाध्यता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा आजदेखी निषेधाज्ञामा थप कडाइ गरिएको छ । निषेधाज्ञाको अवधिमा पनि सवारी साधनहरु धेरै गुडेको पाइएकाले थप कडाइ गरिएको नेपाल प्रहरीका अधिकारीहरुले बताएका छन् ।

कोरोना संक्रमण तिव्र रुपमा फैलिन थालेपछि सरकारले काठमाण्डु उपत्यका सहितका जिल्लाहरुमा निषेधाज्ञा घोषणा गरेको थियो । निषेधाज्ञाका बेलामा पनि सडकमा भिडभाड बढेको भन्दै प्रहरीले कडाइ गरेको हो । सडकमा पत्रकार, वैँकका कर्मचारी र सरकारी कर्मचारीको भिड देखिएपछि प्रहरीले आजदेखी थप कडाइ गरेको हो ।

बाध्यता छ हजुर !

सरकारले अत्यावश्यक सेवाहरु सञ्चालन गर्न अनुमति दिएपछि सडकमा सवारीको चाप बढेको हो । कार्यालय समयमा एकैपटक सडकमा निस्किँदा ठाउँ ठाउँमा जाम भएको छ । काठमाण्डुको कलंकी स्थित नेपाल एफ एम नेटवर्कको प्राविधिक शाखामा कार्यरत सिर्जना भुजेल भन्छिन् ‘हामीलाई पनि त्रास छ सबै क्षेत्र बन्द हुँदा पनि रेडियो बन्द गर्नु भएन , जनतालाई सुसुचित गर्नै प¥यो ।’

उनले त्रास बोकेरै काममा हिड्नुपरेकोमा गुनासो पोखिन्, ‘यस्तो बेलामा घर बाहीर निस्कन कसलाई रहर हुन्छ र ? के गर्नु हजुर अफिस जानै प¥र्यो, सञ्चार क्षेत्रको जागिर डराएर घर भित्र बस्न मिलेन बाध्यता छ हजुर !’

यस्तै कलंकीमा नै भेटिएका एक सरकारी कर्मचारीले पनि दैनिक सेवा दिन काममा जान बाध्यता रहेको भन्दै रहरले बाहिर ननिस्किएको बताए । नाम नखुलाउने सर्तमा उनले भने, ‘सबैतिर बन्द भएपनि सरकारी सेवामा दैनिक गर्नुपर्ने काम गर्नुनै पर्छ हामीलाई पनि ज्यानको बाजि थापेर हिड्ने रहर कहाँ छ र ?’

उनिहरु प्रतिनिधि मात्रै हुन् । अतिआवश्यकीय क्षेत्रमा काम गर्नेहरु बाध्यताले घर बाहिर निस्कनुपरेको सुनाउँछन् भने कतिपय मानिसहरु अनावश्यक रुपमा निस्किने गरेको पाइएको छ । चोकचोकमा ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, जनपथ प्रहरीले चेकजाँच गरिरहेका छन् भने अनावश्यक सडकमा निस्कने सवारीचालकलाई होल्डमा राखिएको छ ।

विज्ञ भन्छन्ः स्वाथ्य मापदण्ड पालना गरौँ

कोरोना संक्रमणबाट सुरक्षीत रहने उपाय भनेको स्वाथ्यका मापदण्डको पुण पालना गर्नु नै भएको चिकित्सकहरुले बताएका छन् । बडी भिडभाडमा नजाने , मास्कको प्रयोग गर्ने बेलाबेलामा साबुनपानीले हात धुने , सेनिटाइजरको प्रयोग गर्न उनिहरुको सुझाव छ ।

स्वाथ्यमन्त्रालयले पनि घरभित्र सुरक्षित रहन अपिल गर्दै आएको छ । यदी नागरिक घरभित्र बस्ने भिडभाडमा ननिस्कने र निस्कने परे स्वाथ्यका मापदण्ड पालना गरेमात्र कोरोना नियन्त्रण गर्न सकिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा अनुप बाँस्तोलाले बताएका छन् । उनले सबैलाई सावधान रहन समेत अपिल गरेका छन् ।