प्रतिनिधि र राष्ट्रियसभाका सांसदको लोगो परिवर्तन गर्ने निर्णय

प्रतिनिधि र राष्ट्रियसभाका सांसदको लोगो परिवर्तन गर्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको लोगो परिवर्तन हुने भएको छ । आइतबार बसेको परामर्श समितिको आइतबार बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो ।

सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समिति सो निर्णय गरेको हो ।

संघीय संसदका दुवै सदनमा सांसदहरुले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउनका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रतिनिधिसभाको बैठक १३ गते ११ बजे बस्नेछ ।