काठमाण्डु – लोक सेवा आयोगले शाखा अधिकृतभन्दा मुनिको तहका कर्मचारीलाई ५ वर्षसम्म एकै मन्त्रालय मातहत रहने सुनिश्चित गर्न सुझाव दिएको छ ।
शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती सेवा विधेयकमाथि सुझाव दिँदै लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरुवाको सम्बन्धमा स्पष्ट व्यवस्था हुनुपर्ने सुझाव दिए ।
सचिव १ वर्ष, सहसचिव २ वर्ष, उपसचिव ३ वर्ष र शाखा अधिकृत ४ वर्ष तथा अन्य कर्मचारी ५ वर्ष एउटै मन्त्रालय वा मातहतको निकायमा रहने सुनिश्चितता हुनुपर्ने लोक सेवाको सुझाव छ ।
संसदीय समितिले निजामती विधेयकमाथिको छलफल टुंग्याउन विभिन्न निकायसँग छलफल गरिरहेको छ ।




प्रतिक्रिया