काठमाण्डु- संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत लोक बहादुर थापाले पद तथा गोपतीयताको शपथ लिएका छन्। राष्ट्रपतिको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थापाले बुधवार शपथ लिएका हुन्।
समारोहमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।




प्रतिक्रिया