लोकसेवाकाे विज्ञापन रद्द गर्न संसदीय समितिको निर्देशन


काठमाडौं – स्थानीय तहका लागि विभिन्न पदमा लोकसेवाले मागेको विज्ञापन रद्ध गर्न संसदीय समितिले निर्देशन दिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आयोगलाई उक्त निर्देशन दिने निर्णय गरेको हो ।

समितिका अधिकांश सदस्यहरुले यो विज्ञापन असमावेशी र संविधानविपरीत भएको भन्दै तत्काल खारेज गर्न माग गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने संविधानअनुसार र स्थानीय तहको मागअनुसार नै लोकसेवा आयोगले विज्ञापन निकालेको दाबी गरेका थिए ।

समिति सदस्य विजय सुब्बा भने समितिको रद्द गर्ने निर्णयप्रति असहमति जनाउँदै बैठकबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement