काठमाडौं – कोरोना भाइरसको संक्रमबाट जोगिन लोक सेवा आयोगले सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगले चैत ८ गतेपछिका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
आज बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उपसचिव एक नारायण शर्माले जानकारी दिएका छन् ।





प्रतिक्रिया