सहसचिव र उपसचिवको विज्ञापन स्थगित

सहसचिव र उपसचिवको विज्ञापन स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लोकसेवा आयोगले सहसचिव र उपसचिवको विज्ञापन स्थगित गरेको छ ।

आयोगका उपसचिव देवीप्रसाद सुवेदीले बुधबार एक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशअनुसार अर्को सूचना जारी नभएसम्मका लागि विज्ञापन स्थगित गरिएको जानकारी दिए ।

सर्वोच्च अदालतले विज्ञापन रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोक सेवा आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

वरिष्ठ अधिवक्ता हरिहर दाहाल र नारायण पराजुलीले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपक कुमार कार्कीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो ।

उपसचिवका लागि रिक्त सबै पदमा विज्ञापन माग नगरी लुकाएको भन्दै बढुवाको मुखमा पुगेका शाखा अधिकृतहरूले मुद्दा दायर गरेका थिए ।