काठमाण्डु– लोकसेवा आयोगले सातै प्रदेशका लागि २२५ जना भन्दा बढी कर्मचारी माग गरेको छ। आयोगले पाँचौं तहको प्राविधिक र अप्राविधिक पदका लागि निजामती सेवा, स्वास्थ्य सेवा तथा मानव अधिकार सेवा लगायतका समूहमा कर्मचारी मागेको हो।
आयोगको धनकुटा, काठमाडौं, जलेश्वर, पोखरा, बुटबल, सुर्खेत र दिपायल साखा कार्यालय साथै राष्ट्रिय मानव अधिकार आयोग सेवाका लागि २२७ जना कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन २० गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् भने उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका, महिलाको ४० वर्ष ननाघेका र स्वास्थ्य सेवाको हकमा १८ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको हुनुपर्नेछ।





प्रतिक्रिया