विज्ञापन खारेज गर्न माग गर्दै लोकसेवा आयोगको कार्यालयमा प्रर्दशन

विज्ञापन खारेज गर्न माग गर्दै लोकसेवा आयोगको कार्यालयमा प्रर्दशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लोक सेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन खारेज गर्न दबाव दिँदै नेपाल आदिवासी जनजाति महासंघले अनामनगरस्थित लोकसेवा आयोगको केन्द्रीय कार्यालय अगाडि प्रर्दशन गरेको छ ।

स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाइएको सो विज्ञापन संविधानमै व्यवस्था गरिएको समावेशी र समानुपातिक नभएको भन्दै आन्दोलनरत आदिवासी, जनजाति, महिला, दलितलगायतका समूदायले बिहीबार बिहान लोकसेवा आयोगको कार्यालय अगाडि २ घण्टा प्रर्दशन गरेका हुन।

प्रर्दशनका क्रममा उनीहरुले सो विज्ञापन खारेज गर्न दबाव दिदै सरकारविरुद्ध पनि चर्का नाराबाजी गरेका थिए। बिहान नौं बजे लोक सेवा आयोगको केन्द्रीय कार्यालयको मूलगेटमा पुगेका प्रर्दशनकारीहरुले संविधान प्रतिकूल हुने गरी आएको सो विज्ञापनको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससमेत मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

संविधानले समावेशी, समानुपातिक सिद्धान्तको आधारमा विज्ञापन खुलाउने स्पष्ट व्यवस्था गरेपनि लोकसेवा आयोगले त्यसविपरीत स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धि विज्ञापन खुलाएको दावी गर्दै सीमान्तकृत समुदायले आन्दोलन गर्दै आएका छन्।