लोकसेवा आयोगले भन्यो, मिलेन मर्यादाक्रम

लोकसेवा आयोगले भन्यो, मिलेन मर्यादाक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले तोकेको मर्यादाक्रमप्रति लोकसेवा आयोगले असन्तुष्टि जनाएको छ। संवैधानिक निकायका सदस्यको मर्यादाक्रम तल राखिएकोमा आयोगले विमति जनाएको छ।

बिहीबार बसेको आयोगको बैठकले साविककै जस्तो संवैधानिक निकायका प्रमुखलगत्तै सदस्यको मर्यादा कायम गर्न सरकारसँग आग्रह गरेको छ। ‘संवैधानिक निकायकै संस्थागत मर्यादामा ह्रास भएको’ आयोगको वक्तव्यमा भनिएको छ।

आयोगले विशिष्ट श्रेणीका मुख्यसचिव र प्रधानसेनापतिभन्दा संवैधानिक पदाधिकारीको मर्यादाक्रम दुई तह तल राखिएकोमा असन्तुष्टि व्यक्त गर्दै मर्यादाक्रम पहिलेकै जस्तो बनाउन आग्रह गरेको छ। यो खबर आजको अन्नपूर्णपोस्टमा छ ।