लोकसेवाको विज्ञापनविरुद्ध विरोध प्रद्धर्शन : जनजाति महासंघका उपाध्यक्षसहित ११ जना पक्राउ

लोकसेवाको विज्ञापनविरुद्ध विरोध प्रद्धर्शन : जनजाति महासंघका उपाध्यक्षसहित ११ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेनसहित १९ जना पक्राउ परेका छन् ।

लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गरिरहेको बेला उनीहरुलाई काठमाडौंको भद्रकाली नजिकैबाट प्रहरीले पक्राउ गरेको हो ।

आइतबार आरक्षण बचाउ आन्दोलनले आयोजना गरेको विरोध कार्यक्रममार्फत सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा भेला भएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखेको छ ।

यी हुन् पक्राउ परेका नेता तथा अभियान्ताहरु :

१. गाेबिन्द छन्त्याल- उपाध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ
२. भक्त विश्वकर्मा- अध्यक्ष, दलित गैसस महासंघ
३. कुमार लिङ्देन- अध्यक्ष, संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्च
४. खगेन्द्र माखिम- अध्यक्ष, लिम्बुवान राष्ट्रिय समिति (समाजबादी पार्टी )
५. दलमर्दन कामी- केन्द्रीय सदस्य, समाजवादी पार्टी, नेपाल
८. हेमन्त राई- महासचिव, अादिवासी जनजाति युवा महासंघ
६. सुखवीर थामी- सचिव, नेपाल अादिवासी जनजाति महासंघ
७. सहेक विश्वकर्मा
९. काशिन्द्र यादव
१०. राकेश राई
११. सि एन थारू
१२. कल्पना सुनार
१३. उस्पार सुनार
१४. थाङ्साङ लावती
१५. वाङ्जु तामाङ
१६. जयनकुमार माेक्तान
१७. रमेश थापा मगर
१८. लक्ष्मी थापा
१९. महेश अधिकारी