लोक सेवाले बुधबार ९ हजार कर्मचारीका लागि विज्ञापन खुलाउँदै

लोक सेवाले बुधबार ९ हजार कर्मचारीका लागि विज्ञापन खुलाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लोक सेवा आयोगले बुधबार ९ हजार कर्मचारी पदपुर्तिका लागि विज्ञापन खुलाउने भएको छ ।

स्थानीय तहमा रिक्त रहेका दरबन्दी पदपुर्ति गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आएको सिफारिसअनुसार आयोगले विज्ञापन खोल्ने तयारी गरेको हो ।

आयोगले एकै पटक यति धेरै संख्यामा कर्मचारी पदपुर्तिका लागि पहिलो पटक विज्ञापन खोल्न लागेको हो ।

आयोगले स्थानीय तहमा कर्मचारी पदपुर्ति गर्न चाहिने कानुनी जटिलता सुल्झाइदिन सरकारलाई गरेको आग्रहअनुसार मन्त्रिपरिषद बैठकले बाटो खोलिदिएको थियो । देशभरका ७ सय ५३ स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाह चुस्त बनाउन नसकिएको जनप्रतिनिधिको गुनासो छ ।

आयोगले जेठ १५ गते बुधबार प्रशासन र प्राविधिक पदका लागि चौथो, पाँचौं, छैटौं र नवौं तहमा विज्ञापन गर्न लागेको आयोगले जनाएको छ । आयोगले सबै प्रक्रिया पुर्‍याएरै कर्मचारी भर्ना गर्न लागेको हो । विज्ञापन गर्न आयोगले यसअघि नै कार्यतालिका प्रकाशित गरिसकेको छ ।

जसअनुसार खुला पदका लागि विज्ञापन गर्न लागिएको हो । साउन, भदौ र असोजमा परीक्षा सञ्चालन गर्ने तथा अन्तर्वार्ता–सिफारिस असोज, कात्तिक र मंसिरमा गर्ने गरी कार्यतालिका जारी गरिएको आयोगले जनाएको छ ।