लोकसेवाको विज्ञापनमाथि छलफल गर्न डाकिएका लालबाबु बैठकमा किन आएनन् ?

लोकसेवाको विज्ञापनमाथि छलफल गर्न डाकिएका लालबाबु बैठकमा किन आएनन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित उपस्थित नभएपछि राज्य व्यवस्था समितिको बैठक स्थगित भएको । शुक्रबार बसेको समितिको बैठकमा मन्त्री पण्डित नआएपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।

समितिमा लोकसेवा आयोगको विज्ञापनमाथि छलफलका लागि मन्त्रीसहित सामान्य प्रशासन मन्त्रालयका सचिवलाई समेत डाकिएको थियो ।

मन्त्री उपत्यका बाहिर भएपछि बैठकमा उपस्थित हुन नसकेको बताइएको छ । राज्य व्यवस्था समितिका सदस्यहरु राजेन्द्र महतो, अमरेशकुमार सिंह र जनार्दन शर्माले मन्त्रीलाई बोलाएर निर्णय गर्नु पर्ने बताएका थिए ।