लोकसेवाको विज्ञापन राेकिँदैनः लालबाबु पण्डित


काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि खुला गरेको विज्ञापन नरोकिने बताएका छन् ।

संघीय संसद्को राज्य व्यवस्था समिति बैठकमा बाेल्दै मन्त्री पण्डितले मन्त्रालयको सिफारिसमा लोकसेवाले गरेको विज्ञापन प्रदेश लोकसेवा आयोग गठन नभएको हुनाले समायोजन ऐनअनुसार लोक सेवा आयोगले नै विज्ञापन गर्ने बताए । त्यही अनुरुप विज्ञापन गरिएकाले उक्त विज्ञापन संविधानसम्मत भएको बताए ।

मन्त्रालयले आफ्नै चाहना अनुसार नभएर स्थानीय तहबाट कर्मचारी माग भएपछि विज्ञापन माग गरिएको पनि प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
Advertisement