‘सर्भर डाउन’ भएपछि लोकसेवाले स्थानिय तहका लागी खुलाएको विज्ञापनको म्याद थपियो

‘सर्भर डाउन’ भएपछि लोकसेवाले स्थानिय तहका लागी खुलाएको विज्ञापनको म्याद थपियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लोक सेवा आयोगले अनलाइन आवेदन फारम भर्न दिएको अन्तिम दिन आज (असार ३ गते) ‘सर्भर डाउन’ भएर आवेदकले फारम भर्न नसकेपछि लोकसेवाले फाराम भर्ने म्याद थप गरेको छ ।

जेष्ठ ३० गतेदेखि आयोगको सर्भरमा चाप भई आवेदकले दरखास्त दिन नसकेको भन्दै आवेदन फारम भर्न नपाएका आवेदकहरुको लोकसेवामा निवेदन परेपछि सोहीअनुरुप लोकसेवाले असार १० गतेसम्मलाई आवेदन फारम भर्ने म्याद थप गरेकाे र दोब्बर दस्तुर तिरेर १७ गतेसम्म दरखास्त दिन सकिने लोकसेवाले जनाएको छ ।

लोक सेवा आयोगको कारण आफूहरू लोक सेवा जाँच दिनबाट वञ्चित हुन नहुने भन्दै म्याद बढाउन माग गरिएको थियो ।

लोकसेवाले जेठ १५ गते ५१५ वटा स्थानिय तहका विभिन्न पदमा पदपूर्तिका लागि ९ हजारको संख्यामा अनलाईन फाम खुलाएको थियो ।