लोकसेवाको विज्ञापनबारे सर्वोच्चले दियो यस्तो आदेश


काठमाडौं – सर्वोच्च अदालतले लोकसेवाको विज्ञापनविरुद्ध परेको चार वटा रिट निवेदनको  फाइल एक साथ पेश गर्न आदेश दिएको छ । बुधबार संयुक्त छलफल गरेर न्यायाधीशद्वय हरिकृष्ण कार्की र इश्वर खतिवडाको संयुक्त इजलासले साे निर्देशन दिएको हाे  ।

 लोक सेवा आयोगले समावेशी सिद्धान्त पालना नगरी विज्ञापन गरेको भन्दै अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरेले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

यी तीन निवेदनमा सर्वाेच्चले कारण देखाऊ आदेश जारी गरेको थियो । यस्तै स्थानीय तहमा कार्यरत करार र अस्थायी कर्मचारीका तर्फबाट १२१ जनाले आयोगले स्थानीय तहका लागि खोलिएको विज्ञापन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

सर्वोच्चले बुधबार सबै रिटमा संयुक्त छलफल गरेर समावेशीताको आधारमा पुन बिज्ञापन गर्न लोकसेवा आयोगलाई आदेश दिएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकसेवाको विज्ञापन समावेशी नभएको भन्दै रद्ध गर्न माग गरेका छन् । लोकसेवाले सर्वोच्च अदालतको फैसला नै अन्तिम निर्णय हुने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement