लोकसेवाको विज्ञापन रद्ध गर्नुपर्छः प्रचण्ड


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकसेवाले निकालेको विज्ञापन संविधानको मर्म र भावना अनुकुल नभएको भन्दै विज्ञापन रद्द गर्नुपर्ने बताएका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले खुमलटारस्थित आफ्नै निवासमा आरक्षण बचाऊ आन्दोलनको ज्ञापनपत्र बुझ्दै लोकसेवाको विज्ञापन समावेशी नभएको भन्दै रद्द गर्नुपर्ने बताए ।

प्रचण्डले लोकसेवा आयोग समितिको निर्देशन मान्न तयार नभएको बताए । लोकसेवाले विज्ञापन गर्दा ऐनको व्यवस्था अनुसार स्थानीय तहले माग गरेअनुसार गर्नुपर्ने बताए ।

उनले भने, ‘माथि सरकारले, मन्त्रालयले तिमीहरुले यो–यो माग भनेर निर्देशन जारी गरेर माग्ने होइन । यो निर्णयमा कसैको पनि नोट अफ डिसेन्ट छैन । त्यसैले, लोकसेवाले निकालेको यो विज्ञापन संविधानको मर्म र भावना अनुकुल पनि भएन, त्यसैले रद्ध हुनुपर्छ ।’

उनले लालबाबु पण्डितसँग पनि छलफल गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement