लण्डनमा कोरोना अस्पताल बनाउन गोर्खा सैनिक परिचालन

लण्डनमा कोरोना अस्पताल बनाउन गोर्खा सैनिक परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन — लण्डनमा कोरोना अस्पताल निर्माण गर्न गोर्खा सैनिक परिचालन गरिएको छ ।

बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेपछि बेलायती सरकारले एक सातामा अस्पाताल निर्माण सम्पन्न गर्नेगरि गोर्खा सैनिक परिचालन गरेको हो ।

लण्डनको एक्सलमा निर्माणाधीन सो अस्पतालमा कोरोना बिरामीलाई उपचार गर्न ४ हजार बेड तयार पारिँदैछ । बेलायतको कमनवेल्थ फोर्सका अनुसार अस्पताल निर्माणका लागि क्वीन गोर्खा इञ्जिनियर परिचालन गरिएको हो ।

बेलायतमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १९ पुगेको छ भने संक्रमितको संख्या १७ हजार ८९ प्गेको छ । कोरोना फैलिन नदिन सोमबारदेखि वेलायत लकडाउन गरिएको छ ।