बेलायतलाई स्वास्थ्य मन्त्रालय र डब्लुएचओको जवाफ : नेपालमा नयाँ भेरियन्ट फैलिएको छैन

बेलायतलाई स्वास्थ्य मन्त्रालय र डब्लुएचओको जवाफ : नेपालमा नयाँ भेरियन्ट फैलिएको छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले नेपालमा कोरोनाको छुट्टै भेरियन्ट फैलिएको भन्ने समाचारमा सत्यता नरहेको स्पष्ट पारेको छ ।

नेपालमा अहिलेसम्म छुट्टै नयाँ भेरियन्ट पुष्टि नभएको मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताए । यसअघि बेलायतका केही सञ्चार माध्यमलले नेपाल भेरियन्टको कोरोना देखिएको समाचार लेखेका छन् ।

नेपालमा अहिले नेपालमा बेलायतमा भेटिएको अल्फा र भारतमा भेटिएको डेल्टा भेरियन्ट देखिएको डा पौडेलको भनाइ छ । उनले यसको यथार्थबारे बेलायतको स्वास्थ्य नियामक निकाय (आइएचआर)लाई पत्र लेखिएको र जवाफको प्रतिक्षामा रहेको बताए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नेपाल कार्यालयले नेपालमा अल्फा, डेल्टा र काप्पाबाहेक नयाँ प्रजाति नभेटिएको जनाएको छ । नेपालमा व्यापकरुपमा डेल्टा प्रजाति फैलिएको डब्लुएचओले जनाएको छ ।

‘नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरु Alpha (B.1.1.7), Delta (B.1.617.2) र Kappa (B.1.617.1) हुन् । यी तीन मध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट Delta (B.1.617.2) हो’, डब्लुएचओ को सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख छ ।