एजेन्सी – कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पतालबाट डिस्चार्ज भएका छन् । भाइरसबाट संक्रमित भएसँगै उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनी अस्पताल भर्ना भएका थिए ।
बोरिसलाई तीन दिनसम्म आइसियुमा राखेर उपचार गरिएको थियो । अस्पतालबाट डिस्चार्ज गरिए पनि उनी लगत्तै काममा फर्किने भने छैनन् । प्रधानमन्त्री कार्यालयका अनुसार उनी अस्पतालबाट फर्केपछि आफ्नो कन्ट्री रेसिडेन्समा आराम गर्नेछन् ।
कोरोना भाइरसबाट संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई शनिवार आइसियुमा सारिएको थियो ।
भाइरसको लक्षणहरु बढ्दै गएसँगै उनलाई अप्रिल २ मा अस्पताल भर्ना गरिएको थियो । बोरिसले अस्पताल जानुभन्दा १० दिनअघि ट्वीटरमार्फत आफूमा भाइरसको संक्रमण देखिएको बताएका थिए । त्यसयता उनी घरबाटै सरकारी काम गरिरहेका थिए ।




प्रतिक्रिया