लामो बिदामा ह्याकिङको जोखिम


काठमाडौं – दसैंंतिहारजस्ता चार्डपर्वको समय नजिकिँदै छ। वर्षभरिमा सबैभन्दा लामो बिदा यही समयमा हुन्छ। यही समय साइबर हमलाका लागि सबैभन्दा जोखिमपूर्ण हुन्छ। संसारभर नै ह्याकरले लामो बिदाको समयलाई साइबर हमलामा उपयोग गर्ने प्रबृत्ती छ। चार्डपर्वका बेलामा ठूलो पैसा बजारमा प्रवाह हुने भएकाले यस्तो समय ह्याकरले पैसा लुट्ने सुनौलो मौका पाउँछन्। अहिले तीजको मुखमा ह्याकरले पैसा लुटेका छन्।

चिनियाँले एटीएमबाट पैसा लुटेको तीन दिनसम्म पनि कसरी उनीहरू पैसा निकाल्न सफल भए भन्ने निक्र्यौल हुन सकेको छैन। एटीएम प्रणालीको स्वीच सर्भर अर्थात् भुक्तानीद्वारमा हमला गरेर उनीहरूले पैसा निकालेको हुनसक्ने अनुमान गरिएको छ। तर यसमा ह्याकरले नेपालबाहिरै नक्कली भिसाकार्ड छापेर पैसा लुट्नमात्रै यहाँ आएको देखिएकाले अझै पनि समस्याको चूरो अन्यत्र हुन सक्ने साइबर सुरक्षाका जानकार सचिन ठकुरी बताउँछन्।

ह्याकरले ‘रिमोट एक्सेस’ अर्थात् संसारको कुनै पनि कुनाबाट अर्को स्थानमा भएको कम्प्युटरमा काम गर्न सक्ने पहुँच स्थापित गर्छन्। यसका लागि उनीहरूले ‘मालवयर’ भनिने एक किसिम भाइरसजस्तै लिंक पठाएर ती कम्प्युटरमा आफ्नो पहुँच स्थापित गर्छन्। त्यो मालवयरले ह्याकरलाई उक्त कम्प्युटरसम्म पहुँच दिन्छ। त्यसपछि ह्याकरले त्यो कम्प्युटरको विवरण पढ्ने, डाटा चोर्ने, इमेल वा अरु प्रणालीका लग इन पासवर्ड थाहा पाउने गर्छन्।यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement