काठमाण्डु –काठमाण्डुसहित विभिन्न स्थानमा लुटपाट गरेको अभियोगमा नेपाली सेनाले २६जनालाई पक्राउ गरेको छ।
भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २६ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि सेनाले पक्राउ गरेको छ।
पछिल्लो परिस्थितिको अनुचित फाइदा उठाई बैंक लुटपाट गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको सेनाले जनाएको छ ।




प्रतिक्रिया