एक मन्त्रालय लिएर लोसपा पनि सरकारमा जाने

एक मन्त्रालय लिएर लोसपा पनि सरकारमा जाने


काठमाण्डु- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागि हुने भएको छ । लोसपा एक मन्त्री लिएर सरकारमा सहभागि हुने भएको हो । लोसपाले २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

यसैबीच प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लोसपालाई सरकारमा ल्याउन सहमत भएका हुन् । जसअनुसार लोसपालाई एक मन्त्रालय दिइने छ ।