मधेश सरकारबारे निर्णय लिन लोसपाले बोलायो पदाधिकारी बैठक

मधेश सरकारबारे निर्णय लिन लोसपाले बोलायो पदाधिकारी बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मधेश प्रदेश सरकारमा जाने/नजाने विषयमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पदाधिकारी बैठक बोलाएको छ ।

आईतबारका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने महासचिव मनिष मिश्रले जानकारी दिए ।

गत बिहीबार नेकपा एमाले, जनमत, माओवादी केन्द्रबीच मधेशमा जनमतको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ ।

मधेशमा कांग्रेस, जसपा नेपाल र लोसपा सहितको ५२ सिट मात्र पुग्छ । यो संख्या सरकार बनाउन चाहिनेभन्दा २ सिट कम हो ।

मधेश प्रदेशमा १/१ सिट रहेको राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीले सरकारबारे निर्णय लिएका छैनन् ।