कांग्रेस–एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने लोसपाको निर्णय

कांग्रेस–एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने लोसपाको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नयाँ समीकरणअनुसार बनेको कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा पदाधिकारी बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवासँग मंगलबार भएको छलफलबारे बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुरले ब्रिफिङ गरेपछि नयाँ गठबन्धनमा जाने निर्णय भएको छ ।