संविधान संशोधनका विषयमा लोसपाले बनायो कार्यदल

संविधान संशोधनका विषयमा लोसपाले बनायो कार्यदल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-संविधान संशोधनको विषयमा साझा दृष्टिकोण तय गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कार्यदल गठन गरेको छ ।

नेता लक्ष्मणलाल कर्णको संयोजकत्वमा तीन सदस्यीय कार्यदल लोसपाले गठन गरेको छ । लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले कर्णको नेतृत्वमा दानबहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य रहेको कार्यदल गठन गरेको हो ।

कार्यदलले संविधान संशोधनका विषयमा सरकारलाई आवश्यक सहजीकरण पनि गर्नेछ । बैठकले आगामी वैशाख २६ गते महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ ।